काठमाडौँ : नेपाली घरेलु बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि दर्ता भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
मूल्य वृद्धि भएसँगै आज छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार ३ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, १० ग्राम सुनको मूल्य रु २ लाख ४९ हजार ७ सय ४० कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु २ लाख ९१ हजार (१० ग्रामको रु २ लाख ४९ हजार ४ सय ८५) रहेको थियो।
चाँदीको मूल्यमा पनि उकालो
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर चाँदीको मूल्य रु ४ हजार ५ सय ५ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला रु ४ हजार ४ सय ८० मा किनबेच भएको थियो।



