२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा ११५ जना पक्राउ

images

  • २०८३ साउन ८, शुक्रबार
  • 1.5K
    SHARES
  • शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा ११५ जना पक्राउ

    काठमाडौँ : काठमाडौँ उपत्यकामा शान्ति सुरक्षा चुस्त राख्न प्रहरीले अपरेसन तीव्र पारेको छ। पछिल्लो २४ घण्टाको अवधिमा शंकास्पद गतिविधिमा संलग्न १ सय १५ जनालाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिइएकामध्ये:

    • काठमाडौँ जिल्लाबाट: १०८ जना

    • ललितपुर जिल्लाबाट: ७ जना

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबैमाथि आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ। सोही अवधिमा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २८ जना प्रतिवादीहरूलाई समेत पक्राउ गर्न सफल भएको छ।


    १,०८३ ट्राफिक नियम उल्लङ्घनकर्ता कारबाहीमा

    उपत्यकाको सवारी आवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले कडाइ गरेको छ। गत २४ घण्टामा नियम मिच्ने १ हजार ८३ जना चालकहरू कारबाहीमा परेका छन्।

    मुख्य कारबाही विवरण:

    कारण / कसुर कारबाहीमा परेका चालक सङ्ख्या
    फुटपाथ तथा सडकमा अनधिकृत पार्किङ ६३ जना
    तीव्र गतिमा सवारी चलाएको ५५ जना
    मादक पदार्थ सेवन (मापेसे) गरी चलाएको ४९ जना
    सवारी साधनको अवस्था ठीक नभएको ४९ जना
    रातो बत्तीको उल्लङ्घन ४८ जना
    अनावश्यक हर्न बजाएको ३३ जना
    जथाभावी यात्रु चढाउने/ओराल्ने २८ जना

    सचेतना कक्षा अनिवार्य

    मादक पदार्थ सेवन, लेन अनुशासन र रातो बत्ती उल्लङ्घन तथा तीव्र गतिमा सवारी चलाउने चालकहरूका लागि ट्राफिक प्रहरीले सचेतना कक्षा अनिवार्य गरेको छ। यसै क्रममा हिजो मात्रै उपत्यकाका २३४ जना चालकहरू ट्राफिक सचेतना कक्षामा सहभागी भएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ