काठमाडौँ : लगातार दुई दिनसम्म बढेको सुनको मूल्यमा आज उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यमा भारी गिरावट आउँदै प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन (सोमबार) को तुलनामा आज सुन प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो। सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि आइतबार १ हजार ६ सय र सोमबार १ हजार ४ सय रुपैयाँ गरी २ दिनमा कुल ३ हजार रुपैयाँले मूल्य बढेको थियो।
यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६ सय ५५ रुपैयाँ तोकिएको छ।
चाँदीको भाउ पनि सस्तियो
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ सय ३५ रुपैयाँले घटेर ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा बिक्री भएको थियो।



