२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौँमा एलपी ग्यासको अभाव नरहेको आयल निगमको स्पष्टीकरण, टेकुबाटै बिक्री सुरु

images

  • २०८३ साउन १७, आइतबार
  • 6.3K
    SHARES
  • काठमाडौँमा एलपी ग्यासको अभाव नरहेको आयल निगमको स्पष्टीकरण, टेकुबाटै बिक्री सुरु

    काठमाडौँ : नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आश्वस्त पारेको छ। बजारमा मागअनुसार नै ग्यासको नियमित आपूर्ति भइरहेको भए पनि अभाव भएको भन्ने हल्ला र उपभोक्ताका विभिन्न गुनासाहरूप्रति आफ्नो ध्यान आकर्षण भएको निगमले जनाएको छ। ग्यास आपूर्ति व्यवस्थालाई अझ बढी सहज र व्यवस्थित बनाउन निगमले विशेष पहलकदमी समेत सुरु गरेको छ।

    काठमाडौँ उपत्यकाभित्र ग्यासको बढ्दो मागलाई सम्बोधन गर्न आयल निगमले साउन १६ गते (शनिबार) देखि टेकुस्थित आफ्नो केन्द्रीय कार्यालयबाट समेत बिक्री-वितरणको प्रबन्ध मिलाएको छ। यस अतिरिक्त व्यवस्थाले गर्दा उपभोक्ताहरूले बजारका साथै निगमको कार्यालयबाटै सिधै सिलिन्डर प्राप्त गर्न सक्नेछन्।

    निगमका अनुसार टेकु कार्यालयमा बिहान ११:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म सम्बन्धित उद्योगहरूमार्फत ग्यास बिक्री गरिनेछ। यस अवधिमा उपभोक्ताले नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू सहजै खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ