२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८३ साउन १७, आइतबार
  • 6.7K
    SHARES
  • सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ : नेपाली बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो। यससँगै, अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ८३ हजार २ सय रुपैयाँमा झरेको छ।

    सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज नेपाली बजारमा चाँदीको कारोबार प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँमा भइरहेको छ, जुन अघिल्लो शुक्रबार प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

    अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय बजारमा माग तथा आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो। महासंघले दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारलाई आधार मानी नेपालमा सुन तथा चाँदीको आधिकारिक कारोबार मूल्य तय गर्दै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ