काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा प्रहरीले गोली चलाएर एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रहरी परिसर काठमाडौंका अनुसार 'जेनजी आन्दोलन'को आवरणमा आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका कर्मा लामालाई पक्राउ गरिएको हो। सिक्री चोरी गरी भाग्ने क्रममा उनले प्रहरीमाथि दुर्व्यवहार र आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई तथा लक्षित गोली चलाएको थियो।
गोली लामाको घुँडामुनि लागेको छ। नियन्त्रणमा लिइएका लामाको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



