२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साल्ट ट्रेडिङमा ग्यास किन्नेको घुइँचो: दैनिक ३०० भन्दा बढी सिलिन्डरको माग, बजारमा फेरि अभावको त्रास

images

  • २०८३ साउन १७, आइतबार
  • 626
    SHARES
  • साल्ट ट्रेडिङमा ग्यास किन्नेको घुइँचो: दैनिक ३०० भन्दा बढी सिलिन्डरको माग, बजारमा फेरि अभावको त्रास

    काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री वितरण हुँदै आएको एसटीसी (STC) ग्यास खरिद गर्नका लागि सर्वसाधारणको चाप ह्वात्तै बढेको छ। दुई साताअघिदेखि पूरा सिलिन्डर ग्यास पठाउन थालिएसँगै बजारमा माग तीव्र भएको र आपूर्ति कम हुँदा फेरि ग्यासको अभाव देखिन थालेको हो।

    विशेष गरी काठमाडौंको कालीमाटीस्थित साल्ट ट्रेडिङको मुख्य बिक्री केन्द्रमा बिहानैदेखि ग्यास लिन आउने उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ। कम्पनीका बजार प्रबन्धक प्रज्जवल प्रधानका अनुसार पछिल्लो तीन दिनयता ग्यासको चाप झनै बढेको छ। अहिले कालीमाटी बिक्री कक्षबाट मात्रै दैनिक ३०० देखि ३५० वटासम्म सिलिन्डर वितरण भइरहेको छ।

    "बिहान डिपोमा आइपुगेको ग्यास साँझसम्मै सकिने गरेको छ," बजार प्रबन्धक प्रधानले भने, "पहिले आधा सिलिन्डर मात्रै बाँड्दा बजार सन्तुलित नै थियो। तर पूरा सिलिन्डर बिक्री सुरु भएपछि र भारतबाट सोचेजति ग्यास आयात हुन नसक्दा माग धान्न धौ-धौ परिरहेको छ।"

    अहिले कालीमाटी लगायत साल्ट ट्रेडिङका अन्य बिक्री केन्द्रहरूमा पनि ग्यास पाउने आशमा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य छन्। भारतबाट ग्यासको आयात पूर्ण रूपमा सहज नभएसम्म बजारमा केही समय यस्तै चाप र अभाव कायम रहने कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ