२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८३ साउन १८, सोमबार
  • 836
    SHARES
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ : आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज स्थानीय बजारमा पहेँलो धातुको मूल्य उकालो लागेको हो।

    आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। जुन अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी हो। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४३ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ४२ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।

    सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ३ सय ५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ