२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा स्वास्थ्य सेवा शुल्कमा विशेष छुट

images

  • २०८३ साउन २१, बिहीबार
  • 746
    SHARES
  • नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा स्वास्थ्य सेवा शुल्कमा विशेष छुट

    काठमाडौँ : नेपाल बैंक लिमिटेड र काठमाडौँको नयाँबजारस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका सम्पूर्ण ग्राहकहरू र बैंकका कर्मचारीहरूले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल तथा त्यसअन्तर्गत सञ्चालित जनरल अस्पतालबाट सेवा लिँदा आकर्षक छुटको लाभ उठाउन सक्नेछन्।

    सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालमा बिरामी दर्ता र जाँच गर्दा शतप्रतिशत (१००%) छुट पाउनेछन् भने अन्य दन्त तथा साधारण चिकित्सा सेवा शुल्कहरूमा १०% देखि २०% सम्मको छुट प्राप्त गर्नेछन्। बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक रोशन लुइँटेलले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

    नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पुर्‍याउनु प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । 

    बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

    नेपालको पहिलो बैंकको रूपमा परिचित नेपाल बैंकले आफ्ना ग्राहकहरूको सुविधा र हितलाई ध्यानमा राख्दै यस किसिमका स्वास्थ्य सेवाप्रदायक संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। यस नयाँ सम्झौताबाट बैंकका लाखौं ग्राहक तथा कर्मचारीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ