२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

images

  • २०८३ साउन २२, शुक्रबार
  • 2.1K
    SHARES
  • आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

    काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरूका लागि आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ। यससँगै, चालू आर्थिक वर्षको लाभांश घोषणा गर्ने यो बैंक पहिलो वित्तीय संस्था बनेको छ।

    बैंकले अग्राधिकार सेयरधनीहरुलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो । साधारण शेयरपुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८ सय १४.९४ रुपैयाँ को १५ प्रतिशत का दरले हुन आउने ५७ करोड ९२ लाख ८९ हजार ६ सय २२.२४ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो 

    यस्तै, अग्राधिकार शेयरपुँजी ३५ करोड रुपैयाँ)बाँडफाँट भएको मितिदेखि गत असार मसान्तसम्मको आनुपातिक आधारमा ९ प्रतिशत का दरले हुन आउने १ करोड ४० लाख ६७ हजार १ सय २३.२९ रुपैयाँ दिने निर्णय गरिएको बैंकले जनाएको छ। बैंकको हालको कुल चुक्तापुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८ सय १४.९४ रुपैयाँ रहेको छ भने गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

    बैंकले सञ्चालक समितिबाट पारित गरेको यो लाभांश प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरिनेछ। केन्द्रीय बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभा (AGM) मा लैजाने र त्यहाँबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूलाई उक्त लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ