२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८३ साउन २४, आइतबार
  • 851
    SHARES
  • सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । गएको बुधबारदेखि नै नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै आएको छ भने आज सुनको मूल्य बढेर तोलाको ३ लाख रुपैयाँ नाघेको छ ।  

    चार कारोबार दिनमा मात्र सुन १७ हजार ९ सयले बढेर ३ लाख रुपैयाँ नाघेको छ ।  बुधबार ४ हजार २ सय, बिहीबार एकैदिन ८ हजार, शुक्रबार ९ सय र आज आइतबार पुनः ४ हजार ८ सय रुपैयाँको भारी वृद्धि भएको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज आइतबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, सुनसँगै आज चाँदीको मूल्य पनि बढेर नयाँ उचाइमा पुगेको छ। साताको पहिलो दिन आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ