२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो?

images

  • २०८० कात्तिक २२, बुधबार
  • 1.6K
    SHARES
  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो?

    कात्तिक २२, काठमाडौं : आज नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ। साताको चौथो कारोबार दिन आज (बुधबार) बजार परिसूचक नेप्से ५.१७ अंकले वृद्धि हुँदा १८८३.९४ को विन्दुमा रोकिएको छ। त्यसैगरी,आज सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।

    १३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ र १ उपसमूहको परिसूचक स्थिर रहेको छ। नेप्से बढेसंगै आज कारोबार रकम पनि हिजो मंगलबारको तुलनामा घटेको छ। हिजो मंगलबार ९९ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आज २८८  स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज १२४ स्टकको मूल्य बढेको छ भने ९३ स्टकको मूल्य घटेको छ र बाँकी २२ स्टकको मूल्य स्थिर रहेको छ। जसमध्ये, आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.६४ प्रतिशत घटेको छ। त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयर सर्वाधिक ८.०७ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सर्वाधिक ६.३८ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर शीर्ष स्थानमा ५ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, हिमालयन बैंकको संस्थापक शेयर ५ करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर ३ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ