काठमाडौं : पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणको भोलि पनि बयान लिने भएको हो ।
आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिने बताइएको छ । सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न पनि प्रहरीलाई अनुरोध गरेको छ ।
ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै समय मागेपछि जिल्ला अदालतले हिजो मात्रै उहाँलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको थियो ।



