२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह

images

  • २०८३ साउन २६, मंगलबार
  • 311
    SHARES
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह

    काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनी तथा निक्षेपकर्ताहरूका लागि दुईवटा महत्वपूर्ण सूचना जारी गर्दै लामो समयदेखि लिन बाँकी रहेको लाभांश बुझिलिन र निष्क्रिय खाताहरू अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले विभिन्न साधारण सभाबाट पारित भई आर्थिक वर्ष २०८२/०८३ सम्ममा ५ वर्षको अवधि नाघेका तर हालसम्म पनि सम्बन्धित शेयरधनीले नलिएका नगद लाभांश सुरक्षित रूपमा लैजान ताकेता गरेको हो।

    उक्त लाभांश दाबी गर्नका लागि शेयरधनीहरूले काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटल मा आवश्यक प्रमाणसहित सम्पर्क गर्नुपर्नेछ। लामो समयदेखि शेयरधनीहरूको खातामा थुप्रिन सक्ने यस्तो लाभांश रकम प्रक्रिया पुर्याएर समयमै लिन बैंकले विशेष अनुरोध गरेको छ।

    यसैबीच, बैंकले १० वर्ष वा सोभन्दा बढी समयदेखि कुनै पनि कारोबार नभएका, मौज्दात रहेका वा शून्य मौज्दात भएका निष्क्रिय खाताहरूलाई पुनः सञ्चालनमा ल्याउन निक्षेपकर्ताहरूलाई आह्वान गरेको छ। यसका लागि सम्बन्धित खातावालले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूलाई पायक पर्ने सांग्रिला बैंकको शाखा कार्यालयमा आवश्यक प्रमाणसहित स्वयं उपस्थित हुनुपर्नेछ।

    बैंकका अनुसार सम्बन्धित खातावालाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूलाई पायक पर्ने शाखा कार्यालयमा आवश्यक प्रमाणसहित स्वयं उपस्थित भई खाता अद्यावधिक गरी सूचारु गर्न आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०८२ (इ.प्रा.निर्देशन नं. १६/०८२ को दफा ३(३) बमोजिम विगत १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका र दाबी नपरेका त्यस्ता खाताहरू स्वतः बन्द गरिनेछन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ