काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य तोलामा ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो सोमबार सुनको मूल्य तोलामा ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज सुन संगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ४ हजार ७ सय ८० रुपैयाँ कारोबार भइरहेको छ भने हिजो चाँदी सोमबार तोलामा ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।



