२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरण : ३८ करोडभन्दा बढी खुद नाफा

images

  • २०८३ साउन २७, बुधबार
  • 301
    SHARES
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरण : ३८ करोडभन्दा बढी खुद नाफा

    काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार समीक्षा वर्षमा कम्पनीको खुद नाफामा वृद्धि हुनुका साथै जीवन बीमा कोष र कुल बीमाशुल्क आर्जनमा पनि सकारात्मक प्रगति देखिएको छ।

    गत आर्थिक वर्षमा कम्पनीले ३८ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो, जस अनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ८.५५ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार उल्लेख्य रूपमा बढेर ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोषमा ४१ अर्ब ६० करोड ५० लाख रुपैयाँ रहेको थियो, जुन अघिल्लो वर्षको तुलनामा २३.९२ प्रतिशतले बढी हो।

    त्यस्तै, गत आर्थिक वर्षमा कम्पनीले १३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क १५.९४ प्रतिशत र खुद बीमाशुल्क १५.७३ प्रतिशतले वृद्धि भएको छ।

    कम्पनीको चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ भने वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) बढेर ७.५९ रुपैयाँ कायम भएको छ। यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १२२.६८ रुपैयाँ र पीई रेसियो ५४.४४ गुणा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ