२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कुमारी बैंकको खुद नाफामा ३०६ प्रतिशतको छलाङ, लाभांश क्षमता कति ?

images

  • २०८३ साउन २७, बुधबार
  • 981
    SHARES
  • कुमारी बैंकको खुद नाफामा ३०६ प्रतिशतको छलाङ, लाभांश क्षमता कति ?

    काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा कुमारी बैंक लिमिटेड ले आफ्नो वित्तीय विवरणमा उत्साहजनक सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस वर्ष बैंकको खुद नाफामा उच्च वृद्धि भएको छ।  

    समीक्षा वर्षमा बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ मात्र रहेको थियो। यस आधारमा बैंकको खुद नाफा ३०५.९५ प्रतिशतले बढेको छ । 

    नाफामा आएको यो ऐतिहासिक वृद्धिसँगै बैंकको वितरणयोग्य मुनाफा पनि धनात्मक बनेको छ। गत वर्ष बैंकको वितरणयोग्य नाफा ७९ करोड १६ लाख रुपैयाँ रहेको छ भने यसको लाभांश वितरण क्षमता ३.०२ प्रतिशत कायम भएको छ।  


    बैंकको खुद ब्याज आम्दानी ३.३६ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ भने कुल सञ्चालन आम्दानी १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ र कुल सञ्चालन मुनाफा ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ पुगेको छ।  

    साथै,  अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो भने यस वर्ष  १०.४४ प्रतिशतले बढेर निक्षेप संकलन ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको यस वर्ष बैंक ४.०७ प्रतिशतले बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। 


     बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो वर्ष ६ रुपैयाँ ९४ पैसा रहेको प्रतिशेयर आम्दानी गत वर्ष बढेर २८ रुपैयाँ १७ पैसामा पुगेको छ। साथै, बैंकको प्रतिशेयर नेटवर्थ १ सय ७० रुपैयाँ ८० पैसा रहेको छ भने समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा (खराब कर्जा) केही बढेर ७.४६ प्रतिशत कायम भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ