२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सर्वोच्च अदालतका न्यायाधीशहरूले ७ दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने

images

  • २०८० कात्तिक २२, बुधबार
  • 876
    SHARES
  • सर्वोच्च अदालतका न्यायाधीशहरूले ७ दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने

    कात्तिक २२, काठमाडौं : सर्वोच्च अदालतले जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ। प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले ७ दिनको तलब भूकम्प पीडितलाई दिने निर्णय गरेको हो।

    यही कात्तिक १७ गते गएको भूकम्प र सोपश्चात् गएका परकम्पसमेतबाट पीडित परिवारको सहयोगार्थ उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
     
    बैठकले उच्च अदालतका न्यायाधीशको ५ दिन, जिल्ला अदालतका न्यायाधीशको ३ दिन, राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका अधिकृतको ३ दिन, अन्य अधिकृतस्तरका कर्मचारीको २ दिन र सहायकस्तरका कर्मचारीको १ दिन बराबरको तलब स्वेच्छिकरूपमा उपलब्ध गराउने निर्णय गरेको छ।

    बैठकपछि सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको उल्लेख छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ