काठमाडौँ : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको अधिकांश व्यापारिक सूचकहरूमा सुधार देखिए पनि खुद नाफामा भने कमी आएको छ।
वित्तीय विशेषताहरू :
चुक्ता पूँजी : २ अर्ब ५४ करोड रुपैयाँ
जगेडा कोष : १ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ ( गत वर्ष १ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ )
महाविपत्ति कोष : ११ करोड ८५ लाख रुपैयाँ ( गत वर्ष ११ करोड २१ लाख रुपैयाँ )
रिटेन्ड अर्निङ : ५ करोड ७३ लाख रुपैयाँ ( गत वर्ष १६ करोड २९ लाख रुपैयाँ )
अन्य इक्विटी : १२ करोड १३ लाख रुपैयाँ ( गत वर्ष ७ करोड ८९ लाख रुपैयाँ )
प्रतिशेयर आम्दानी (EPS): ५ रुपैयाँ
प्रतिशेयर नेटवर्थ : १७६ रुपैयाँ ८५ पैसा
बीमाशुल्क आर्जनमा उत्साहजनक वृद्धि: समीक्षा अवधिमा कम्पनीले कुल २ अर्ब १६ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.८७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ८३ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
खुद बीमाशुल्क : यस वर्ष कम्पनीले १ अर्ब १२ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो आर्जन ९५ करोड ५ लाख २० हजार रुपैयाँ थियो। यो १८.१४ प्रतिशतको वृद्धिको हो।
पुनर्बीमा खर्च : समीक्षा अवधिमा कम्पनीले पुनर्बीमातर्फ १ अर्ब ४ करोड २० लाख रुपैयाँ खर्चिएको छ। अघिल्लो वर्षको सोही अवधिसम्म यस्तो खर्च ८८ करोड ६३ लाख रुपैयाँ रहेको थियो।
खुद नाफा : व्यापारिक वृद्धि देखिए पनि खुद मुनाफामा भने संकुचन आएको छ। यस त्रैमासमा कम्पनीले १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३१ करोड ६४ लाख रुपैयाँ थियो।



