२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा सामान्य वृद्धि, खुद बीमा शुल्क आर्जन २५ प्रतिशतभन्दा बढीले बढ्यो

images

  • २०८३ साउन २९, शुक्रबार
  • 296
    SHARES
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा सामान्य वृद्धि, खुद बीमा शुल्क आर्जन २५ प्रतिशतभन्दा बढीले बढ्यो

    काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार आएको देखिएको छ।

    समीक्षा अवधिमा कम्पनीले ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ५७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    व्यवसाय विस्तारको मुख्य सूचक मानिने खुद बीमा शुल्क संकलनमा भने कम्पनीले उल्लेख्य प्रगति हासिल गरेको छ। अघिल्लो वर्ष ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क उठाएको यस कम्पनीले गत आर्थिक वर्षमा २५ प्रतिशतभन्दा बढीको छलाङ मार्दै ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ पुर्‍याएको छ।

    त्यसैगरी, लगानी, कर्जा तथा अन्य विभिन्न स्रोतबाट हुने आम्दानी ३.१२ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड १७ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ रहेको थियो। समग्रमा कुल आम्दानी बढेर ७ अर्ब ८४ करोड ३३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँ थियो।

    अन्य वित्तीय सूचकहरू :

    • जीवन बीमा कोष : अघिल्लो वर्षको १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँबाट बढेर १७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

    • प्रतिसेयर आम्दानी (EPS) : बढेर ११.२१ रुपैयाँ पुगेको छ (अघिल्लो वर्ष १०.९७ रुपैयाँ)।

    • प्रतिसेयर नेटवर्थ : १४८ रुपैयाँ ६२ पैसा

    • चुक्ता पूँजी : ५ अर्ब १९ करोड ६८ लाख 

    • महाविपत्ति कोष : २८ करोड ७४ लाख 

    • जगेडा कोष ८१ करोड ३४ लाख रुपैयाँ 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ