२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

युनाइटेड अजोड इन्स्योरेन्सको  नाफामा गिरावट, खुद बीमाशुल्क ७.९० प्रतिशत बढ्यो

images

  • २०८३ साउन २९, शुक्रबार
  • 271
    SHARES
  • युनाइटेड अजोड इन्स्योरेन्सको  नाफामा गिरावट, खुद बीमाशुल्क ७.९० प्रतिशत बढ्यो

    काठमाडौँ : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार यस अवधिमा कम्पनीको कुल व्यवसाय र खुद बीमाशुल्क बढे पनि खुद नाफामा भने गिरावट आएको छ।

    वित्तीय सूचकहरू:

    शेयर पूँजी : २ अर्ब ३१ करोड रुपैयाँ 

    विशेष जगेडा : १ अर्ब ७ करोड १४ लाख रुपैयाँ (अघिल्लो वर्ष १ अर्ब ३ करोड ९८ लाख रुपैयाँ)

    महाविपत्ति कोष : ४ करोड ९७ लाख रुपैयाँ (अघिल्लो वर्ष ४ करोड ६५ लाख रुपैयाँ)

    रिटेन्ड अर्निङ (संचित मुनाफा) : १४ करोड ३९ लाख रुपैयाँ (अघिल्लो वर्ष ११ करोड ६१ लाख रुपैयाँ)

    अन्य इक्विटी : ५४ करोड ११ लाख रुपैयाँ (अघिल्लो वर्ष ५६ करोड २४ लाख रुपैयाँ)

    प्रतिशेयर आम्दानी (EPS) : २ रुपैयाँ ७३ पैसा 

    प्रतिशेयर नेटवर्थ : १८८ रुपैयाँ ०१ पैसा

    समीक्षा अवधिमा कम्पनीले ३ अर्ब १ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसै अवधिमा कुल बीमाशुल्क २ अर्ब ८५ करोड ९९ लाख रुपैयाँ रहेको थियो।

    खुद बीमाशुल्क आर्जन ७.९० प्रतिशतले बढेर १ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम १ अर्ब २३ करोड ९६ लाख रुपैयाँ थियो।

    पुनर्बीमा खर्च : समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ६७ करोड ६८ लाख रुपैयाँ खर्चिएको छ, जुन गत वर्षको सोही अवधिसँग दाँجदा बढी हो (गत वर्ष १ अर्ब ६२ करोड ३ लाख रुपैयाँ खर्चिएको थियो)।

    खुद नाफा : समीक्षा अवधिमा कम्पनीले ६ करोड ३० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ