काठमाडौँ : कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ। पूँजी संरचना सुदृढीकरण तथा वित्तीय अध्ययनका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ।
भरतपुर-४, चितवनस्थित एग्री केयरको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एग्री केयरका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी सर्वसाधारणमा शेयर निष्कासन गर्न आवश्यक सम्पूर्ण कार्यमा मार्गदर्शन गर्नेछ। यसअन्तर्गत:
सम्झौता अनुसार नेपाल लाइफ क्यापिटलले कम्पनीलाई पब्लिकमा लैजान आवश्यक आइपीओ परामर्श, पूँजी पुनर्संरचना, वित्तीय तथा कानुनी अवस्थाको अध्ययन र नियामकीय प्रक्रियामा समन्वय गर्नेछ।
सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले लामो समयदेखि नेपाली कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कम्पनीले मुख्यगरी जैविक विषादी (Bio-pesticides), बाली संरक्षणसम्बन्धी सामग्री (Crop protection products), माटो सुधारक (Soil conditioners) र उन्नत कृषि सामग्रीहरू उत्पादन तथा वितरण गर्दै आएको छ।
आईपीओ निष्कासनपश्चात् कम्पनीको वित्तीय आधार अझ सुदृढ भई कृषि क्षेत्रमा व्यावसायिक क्षमता र उत्पादन विस्तारमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।



