काठमाडौं : आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफामा भारी गिरावट आएको छ भने बीमाशुल्क संकलनलगायत अन्य प्रमुख वित्तीय सूचकहरूमा सुधार देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा खुद नाफा झन्डै शतप्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ३६ करोड ४९ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष सोही अवधिमा ४० लाख ३८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ९८.८९ प्रतिशतको गिरावट हो।
खुद नाफा घटे पनि कम्पनीको व्यापार विस्तार (बीमाशुल्क संकलन) मा भने वृद्धि भएको छ।
कुल बीमाशुल्क आर्जन : अघिल्लो वर्ष ३ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षमा ११.२२ प्रतिशतले बढेर ४ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
खुद बीमाशुल्क आर्जन : गत वर्ष १ अर्ब ३६ करोड २१ लाख रुपैयाँ रहेकोमा ६.६७ प्रतिशतको वृद्धि भई १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ पुगेको छ।
पुनर्बीमा खर्च : कम्पनीले पुनर्बीमा मार्फत गर्ने खर्चमा पनि वृद्धि भएको छ। अघिल्लो वर्ष २ अर्ब ५८ करोड २४ लाख रुपैयाँ खर्च भएकोमा यस वर्ष २ अर्ब ९३ करोड ४३ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ।
रिजर्भ तथा कोषहरूको अवस्था :
चुक्ता पूँजी : ३ अर्ब २ करोड रुपैयाँ
प्रतिशेयर आम्दानी (EPS) घटेर ०.१३ रुपैयाँ
प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५३ पैसा
विशेष जगेडा : १ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ
महाविपत्ति कोष : ९ करोड ७७ लाख रुपैयाँ
रिटेन्ड अर्निङ : १ करोड ८४ लाख रुपैयाँ
अन्य इक्विटी : ४२ करोड ४८ लाख रुपैयाँ