२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

माछापुच्छ्रे बैंकको नाफामा १२ प्रतिशतको वृद्धि

images

  • २०८३ साउन २९, शुक्रबार
  • 301
    SHARES
  • माछापुच्छ्रे बैंकको नाफामा १२ प्रतिशतको वृद्धि

    काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा चालू आर्थिक वर्षको चौथो त्रैमासिकसम्म उत्साहजनक वृद्धि देखिएको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १२.३४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    वित्तीय सूचकहरू :

    • व्यापार आम्दानी : समीक्षा अवधिमा खुद कारोबार आम्दानी ४८ करोड ११ लाख रुपैयाँ छ।

    • सञ्चालन मुनाफा : बैंकको सञ्चालन मुनाफा ३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ कायम भएको छ।

    • चुक्ता पुँजी: रु १५ अर्ब ८ करोड ६२ लाख

    • जगेडा कोष: रु ७ अर्ब ४३ करोड ६८ लाख

    • सञ्चित मुनाफा: रु ९८ करोड २० लाख

    • प्रतिसेयर आम्दानी (EPS): रु १७.४९

    • प्रतिसेयर नेटवर्थ: रु १६९.०९

    • वार्षिकीकरण गरिएको वितरणयोग्य EPS: रु ७.५१

    बैंकको मुख्य आम्दानीका स्रोतहरू (खुद ब्याज आम्दानी र फि/कमिशन) मा सुधार आएकाले कुल सञ्चालन आम्दानीमा सकारात्मक प्रभाव परेको छ।

    सूचक

    गत आव (२०८२/८३)

    अघिल्लो आव

    परिवर्तन (%)

    खुद नाफा

    रु २ अर्ब ११ करोड ४१ लाख

    रु १ अर्ब ८८ करोड ३६ लाख

    १२.३४%

    खुद ब्याज आम्दानी

    रु ६ अर्ब ७ करोड

    रु ५ अर्ब ७५ करोड ६७ लाख

    ५.५३%

    खुद फि तथा कमिशन

    रु १ अर्ब ५८ करोड

    रु १ अर्ब २८ करोड

    २३.४३%

    कुल सञ्चालन आम्दानी

    रु ८ अर्ब ३१ करोड ४४ लाख

    रु ७ अर्ब ४४ करोड ६ लाख

    २३.४३%

    वितरणयोग्य मुनाफा

    रु ९८ करोड १९ लाख

    रु ९३ करोड ६४ लाख

    ४.८७%

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ