काठमाडौँ : नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा देखिएको ग्यास अभावलाई सहज बनाउन आज पनि विभिन्न सात स्थानबाट एलपी ग्यास बिक्री वितरण गर्ने भएको छ। नियमित बिक्रेताबाट ग्यास पाउन नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी यो व्यवस्था मिलाइएको हो।
ग्यास बिक्री हुने केन्द्रहरू र उपलब्ध ब्रान्डहरू:
नेपाल आयल निगम, टेकु परिसर : नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्ड।
पशु सेवा शाखा, चापली (बूढानीलकण्ठ) : नेपाल, एचपी र भानु ब्रान्ड।
राधास्वामी परिसर (कीर्तिपुर) : नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया ब्रान्ड।
नयाँ बजार / नयाँ बानेश्वर क्षेत्र : नेपाल, एचपी र ओम ब्रान्ड।
पुरानो जिल्ला प्रशासन कार्यालय परिसर (बबरमहल) : नेपाल र एचपी ब्रान्ड।
चन्द्रागिरि नगरपालिका कार्यालय : लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ब्रान्ड।
राष्ट्रिय आयुर्वेद केन्द्र (कीर्तिपुर) : नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटिसी ब्रान्ड।
ग्यास खरिद गर्न चाहने उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा बोक्नुपर्नेछ। यसअघि निगमले हिजो शनिबार विभिन्न ५ वटा बिक्री केन्द्रमार्फत करिब ६ हजार ८ सय २ सिलिन्डर ग्यास अत्यावश्यक उपभोक्ताहरूलाई बिक्रीवितरण गरेको थियो।




