२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भदौमा अधिकांश वाणिज्य बैंकले ब्याजदर स्थिर, कुनको कति ?

images

  • २०८३ साउन ३१, आइतबार
  • 241
    SHARES
  • भदौमा अधिकांश वाणिज्य बैंकले ब्याजदर स्थिर, कुनको कति ?

    काठमाडौँ : वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ सूचीअनुसार अधिकांश बैंकहरूले साउन महिनाकै दरलाई निरन्तरता दिए पनि केही बैंकले भने ब्याजदर घटाएका छन्। भदौ १ गतेदेखि लागू हुने गरी ५ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर में कटौती गरेका छन् भने बाँकी १५ वटा बैंकले भने साउन महिनामै कायम गरिएको ब्याजदरलाई नै भदौमा पनि निरन्तरता दिएका छन्।

    भदौ महिनामा व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर घटेर ४.१३ प्रतिशत कायम भएको छ भने साउन महिनामा ४.१७ प्रतिशत रहेको थियो। यस्तै, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि सामान्य घटेर ३.०८ प्रतिशतमा झरेको छ भने साउन महिनामा औसत दर ३.११ प्रतिशत थियो।

    ब्याजदर घटाउने बैंकहरू : नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक रहेका छन्।  

    ब्याजदर स्थिर राख्ने  बैंकहरू : कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक,सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ