काठमाडौँ : आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणनुसार निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको छ । आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ३९.२१ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए भने यस आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८० करोड ६ लाख रुपैयाँले घटेको हो ।
निर्जीवन बीमा कम्पनीहरू नाफाको विवरण यसप्रकार रहेका छन्।
नेपाल इन्स्योरेन्स : यस समीक्षा अवधिमा १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो जुन ५९.६९ प्रतिशतले घटेको हो।
प्रभु इन्स्योरेन्स : यस समीक्षा अवधिमा २४ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५८ लाख रुपैयाँ आर्जन गरेको थियो जुन १९.७१ प्रतिशतले बढेको हो।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स : यस समीक्षा अवधिमा ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ३६ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको थियो जुन ९८.८९ प्रतिशतले घटेको हो।
सानिमा जिआईसी इन्स्योरेन्स : यस समीक्षा अवधिमा १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो जुन ६१.३८ प्रतिशतले घटेको हो।
राष्ट्रिय बीमा कम्पनी : यस समीक्षा अवधिमा ३४ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको थियो जुन १९.४५ प्रतिशतले घटेको हो।
एनएलजी इन्स्योरेन्स : यस समीक्षा अवधिमा ५ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको थियो जुन ६२.३० प्रतिशतले घटेको हो।
युनाइटेड अजोड इन्स्योरेन्स : यस समीक्षा अवधिमा ६ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ७० करोड ८० लाख रुपैयाँ आर्जन गरेको थियो जुन ६४.५५ प्रतिशतले घटेको हो।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) : यस समीक्षा अवधिमा ३७ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ५५ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको थियो जुन ३२.७४ प्रतिशतले घटेको हो।
शिखर इन्स्योरेन्स : यस समीक्षा अवधिमा १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ४५ करोड २० लाख रुपैयाँ आर्जन गरेको थियो जुन ७१.२१ प्रतिशतले घटेको हो।
हिमालयन एभरेष्ट इन्स्योरेन्स :यस समीक्षा अवधिमा ३३ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ५३ करोड २३ लाख रुपैयाँ आर्जन गरेको थियो जुन ३६.५२ प्रतिशतले घटेको हो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स : यस समीक्षा अवधिमा ३४ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ७५ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको थियो जुन ५६.७५ प्रतिशतले घटेको हो।
नेको इन्स्योरेन्स : यस समीक्षा अवधिमा २८ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको थियो जुन ५०.१९ प्रतिशतले घटेको हो।
नेशनल इन्स्योरेन्स : यस समीक्षा अवधिमा १३ करोड १० लाख रुपैयाँ नोक्सानी गरेको थियो भने अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ७ लाख रुपैयाँ नोक्सानी गरेको थियो।
द ओरिएन्टल इन्स्योरेन्स :यस समीक्षा अवधिमा ४९ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ७६ लाख रुपैयाँ नोक्सानी गरेको थियो।