काठमाडौँ : आज मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १९.३४ अंकको घटेर २,६२२.४८ विन्दुमा पुगेको हो ।
हिजो सोमबार ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा आज मंगलबार ५ अर्ब ७ करोड भन्दा बढीको कारोबार भएको छ। आज दिनभरिमा कुल ३४७ वटा कम्पनीका १ करोड ५१ लाख ९६ हजारभन्दा बढी कित्ता सेयरहरू ५५ हजार २ सय ४६ पटक खरिदबिक्री भएका छन्।
यस्तै, आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले १४ दशमलव ९९, माउन्ट एभरेष्टका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशत तथा मनकामना इन्जिनियरिङका लगानीकर्ताले ४ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले १०दशमलव ६३ प्रतिशत र खानी खोला हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ६७ प्रतिशतका दरले गुमाएका छन्।
आज सबैभन्दा धेरै एग्रिकल्चर बोन् ५० करोड ६८ लाख , सोलु हाइड्रोको ३९ करोड १४ लाख रुपैयाँ तथा खानीखोला हाइड्रोको २५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।