२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटार सर्‍यो, आजदेखि नयाँ भवनबाट सेवा सुरु

images

  • २०८३ भदौ ३, बुधबार
  • 286
    SHARES
  • गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटार सर्‍यो, आजदेखि नयाँ भवनबाट सेवा सुरु

    काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय (रजिस्टर्ड) कार्यालय बालुवाटारमा स्थानान्तरण गरी औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको छ। यसअघि काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहँदै आएको बैंकको केन्द्रीय कार्यालय काठमाडौं–३ स्थित बालुवाटारमा बनेको आफ्नै नयाँ भवनमा सारिएको हो।

    बैंकको गत २०८२ कात्तिक २७ गते सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभाले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आवश्यक सम्पूर्ण तयारी पुरा गरी आज (भदौ ३ गते) बुधबारदेखि नयाँ भवनबाट सम्पूर्ण प्रशासनिक तथा केन्द्रीय सेवाहरू सुचारु गरिएको बैंकले जनाएको छ।

    बालुवाटारस्थित राष्ट्रपति भवन नजिकै, वडा नम्बर ३ को वडा कार्यालय तथा नेपाल आर्मी कल्याणकारी बोर्डको कार्यालय आसपासमा बैंकको नयाँ सुविधासम्पन्न भवन रहेको छ। आफ्नै नयाँ संरचनाबाट सेवा सुरु भएसँगै ग्राहकहरूलाई थप सहज र प्रभावकारी सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

    कार्यालय स्थानान्तरणको जानकारी गराउँदै बैंकले आफ्ना सम्पूर्ण ग्राहक, शेयरधनी तथा सरोकारवालाहरूलाई परेको असुविधाप्रति ध्यान ध्यानाकर्षण गराएको छ। थप कुनै जानकारी वा सहायता आवश्यक परेमा बैंकको आधिकारिक वेबसाइट भ्रमण गर्न वा कल सेन्टरमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ