२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

images

  • २०८३ भदौ ३, बुधबार
  • 246
    SHARES
  • डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

    काठमाडौँ : नेपाल सरकारले नेपाल मेडिकल काउन्सिल (NMC) को अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. ढुन्डिराज पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले डा. पौडेललाई काउन्सिलको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिने निर्णय गरेको हो।

    स्वास्थ्य क्षेत्रमा लामो अनुभव सँगालेका डा. पौडेल नेपाल चिकित्सक संघ (NMA) का पूर्व वरिष्ठ उपाध्यक्षसमेत हुन्। चिकित्सा शिक्षाको गुणस्तर सुधार, चिकित्सकहरूको हकहित तथा व्यावसायिक मर्यादा कायम राख्न उहाँले पुर्‍याउनुभएको योगदानलाई कदर गर्दै सरकारले उहाँलाई यो जिम्मेवारी सुम्पेको हो।

    नवनियुक्त अध्यक्ष डा. पौडेलले आफ्नो कार्यकालमा नेपालको स्वास्थ्य सेवालाई अझ भरपर्दो, मर्यादित र पारदर्शी बनाउनका साथै चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    काउन्सिलमा अध्यक्ष पद विगत केही समयदेखि रिक्त रहँदै आएको थियो। डा. पौडेलको आगमनसँगै मेडिकल काउन्सिलका रोकिएका कामकारबाहीले गति लिने सक्ने छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ