२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बैंकिङ प्रणालीको ३५ अर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक

images

  • २०८३ भदौ ३, बुधबार
  • 251
    SHARES
  • बैंकिङ प्रणालीको ३५ अर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौँ : वित्तीय प्रणालीमा देखिएको अत्यधिक तरलता (नगद प्रवाह) लाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रबाट ३५ अर्ब रुपैयाँ फिर्ता खिच्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले निक्षेप संकलन उपकरणमार्फत भदौ ३ गते बोलकबोल आह्वान गरेको हो।

    वित्तीय बजारमा रहेको रकमलाई नियन्त्रणमा राखी ब्याजदरमा स्थायित्व ल्याउने उद्देश्यले १८० दिनका लागि यो निक्षेप संकलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

    निक्षेप संकलनका मुख्य विशेषता तथा सर्तहरू:

    • सहभागी हुन पाउने संस्था : राष्ट्र बैंकबाट 'क', 'ख' र 'ग' वर्गको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू।

    • आवेदन प्रक्रिया : बोलकबोल प्रक्रिया दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (Online Bidding System) मार्फत मात्र सञ्चालन हुने।

    • सीमा : न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमको सीमाभित्र रहेर बोलकबोल गर्न सकिने।

    • बाँडफाँड प्रक्रिया : सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइने। समान ब्याजदर परेको खण्डमा समानुपातिक आधारमा रकम छुट्याइने।

    • भुक्तानी मिति : यस उपकरणको साँवा तथा प्राप्त हुने ब्याजको भुक्तानी आगामी माघ ८ गते गरिने।

    राष्ट्र बैंकका अनुसार स्वीकृत बोलपत्रको रकम सम्बन्धित संस्थाको केन्द्रीय बैंकमा रहेको खाताबाट कट्टा गरी निक्षेप खातामा जम्मा गरिनेछ। यदि निष्कासनका दिन खातामा पर्याप्त रकम नभएमा सम्बन्धित बैंक वा वित्तीय संस्थालाई कालोसूचीमा राखी आगामी दिनमा हुने बोलकबोलमा सहभागी हुन नदिने कडा व्यवस्थासमेत गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ