काठमाडौँ : नेपाल आयल निगमले साउन महिनामा देशभर ४० लाख ३६ हजार ३ सय ६४ थान खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डर बिक्री वितरण भएको जनाएको छ। निगमद्वारा सार्वजनिक पछिल्लो ५ महिनाको तथ्याङ्क अनुसार यो परिमाण चैत महिनायताकै सबैभन्दा उच्च बिक्री हो।
निगमको विवरण अनुसार असार महिनाको तुलनामा साउनमा करिब ९ लाख थान बढी ग्यास सिलिन्डर खपत भएको छ।
विगतका महिनाहरूको बिक्री अवस्था :
चैत : २७ लाख ३२ हजार ३ सय ५५ सिलिन्डर
वैशाख : २२ लाख ५७ हजार ४ सय ९३ सिलिन्डर
जेठ : २३ लाख १२ हजार ८ सय ३७ सिलिन्डर
असार : ३१ लाख ३६ हजार ९ सय ३७ सिलिन्डर
साउन : ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर