काठमाडौँ : माण्डु हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज भदौ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि भदौ ५ गते एक दिनका लागि 'बुक क्लोज' गर्दैछ।
प्रस्तावित लाभांश र साधारण सभाको विवरण :
-
प्रस्तावित लाभांश : कम्पनीले आव २०८१/८२ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) तथा आव २०८२/८३ को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल लाभांश प्रस्ताव गरेको छ।
-
साधारण सभा मिति : भदौ १८ गते, मंगलबार।
-
समय र स्थान : बिहान १०:० बजे, नेपा बैंक्वेट, नयाँबजार, काठमाडौँ।



