काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको ९ हजार ३ सय रुपैयाँ र चाँदी २ सय ६० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ भने हिजो बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बुधबार प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँ रहेको थियो।