२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तीजको अवसरमा ग्रान्डी हस्पिटलको विशेष अफर : स्वास्थ्य परीक्षणमा ४३ प्रतिशतसम्म छुट

images

  • २०८३ भदौ ४, बिहीबार
  • 316
    SHARES
  • तीजको अवसरमा ग्रान्डी हस्पिटलको विशेष अफर : स्वास्थ्य परीक्षणमा ४३ प्रतिशतसम्म छुट

    काठमाडौँ : नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलले विशेष ‘तीज हेल्थ प्याकेज’ सार्वजनिक गरेको छ। ‘संस्कार, संस्कृति र स्वास्थ्य सँगसँगै’ भन्ने नाराका साथ अस्पतालले महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै ४३ प्रतिशतसम्मको छुटसहित यो योजना ल्याएको हो।

    स्वस्थ नारी नै सुखी परिवारको मुख्य आधार भएको धारणासहित तीजको अवसरमा महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउन यो प्याकेज ल्याइएको अस्पतालले जनाएको छ।

    प्याकेजका मुख्य विशेषता तथा सुविधाहरू :

    • पहिलो प्याकेज : ९,४०० रुपैयाँ बराबरको यो स्वास्थ्य परीक्षण ५,४०० रुपैयाँमै उपलब्ध हुनेछ। यसमा स्त्री रोग विशेषज्ञको परामर्श, सुगर, युरिया, क्रिटिनाइन, लिभर फङ्सन (कलेजो जाँच), थाइराइड, पिसाब परीक्षण, रगत जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षण (प्याप स्मीयर) र पेट तथा तल्लो पेटको भिडियो एक्सरे (यूएसजी) समावेश छन्।

    • दोस्रो प्याकेज : १३,५८० रुपैयाँ बराबरको सेवा ७,८०० रुपैयाँमा प्रदान गरिनेछ। यसमा पहिलो प्याकेजका सबै परीक्षणका साथै थप एचपिभी (HPV) परीक्षणको सुविधा पनि जोडिएको छ।

    • थप छुट सुविधा : यो प्याकेज लिने सेवाग्राहीले अन्य थप ल्याब परीक्षण गराउनुपरेमा १० प्रतिशत छुट पाउनेछन्।

    • समयावधि : अस्पतालको यो विशेष अफर आगामी २०८३ भदौ ३१ गतेसम्म लागू हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ