काठमाडौँ : बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावट र उत्पादन क्षमतामा भएको वृद्धिले जलविद्युत् (हाइड्रोपावर) क्षेत्रको वित्तीय अवस्थामा उल्लेख्य सुधार ल्याएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको विवरण अनुसार नेप्सेमा सूचीकृत तथा विवरण सार्वजनिक गरेका १ सय ११ वटा जलविद्युत् कम्पनीहरूको खुद नाफा औसतमा ४७१ प्रतिशतभन्दा बढीले बढेको छ।
विवरण सार्वजनिक गर्नेमध्ये ९१ वटा कम्पनी नाफा कमाएको छन् भने २० वटा कम्पनी अझै पनि घाटामा नै रहेका छन्।
नाफा कमाउने शीर्ष जलविद्युत् कम्पनीहरू
साहास ऊर्जा लिमिटेड : १३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा
सोलु हाइड्रोपावर लिमिटेड : १११ करोड ३८ लाख रुपैयाँ खुद नाफा
अपी पावर कम्पनी लिमिटेड : ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा
यसबाहेक माथिल्लो तामाकोशी र माउन्टेन इनर्जी नेपाल लिमिटेडले पनि उच्च नाफा आर्जन गरेका छन्।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंकहरूको कर्जा ब्याजदर घट्दा कम्पनीहरूको वित्तीय लागत (इन्टरेस्ट कस्ट) निकै कम भएको छ।
आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुनु, विद्युत् बिक्री सहज हुनु र प्रसारण लाइनको पहुँच विस्तार हुनु। नाफामा अब्बल देखिएको साहास ऊर्जाको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहँदा जगेडा कोषमा ३ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।
वित्तीय सूचक (EPS) शीर्ष जलविद्युत् कम्पनीहरू :
साहास ऊर्जा : रु. २९.७२
माउन्टेन इनर्जी नेपाल : रु. २५.५२
राधी विद्युत् कम्पनी : रु. २०.६५
प्रतिसेयर नेटवर्थ( Net Worth) का आधारमा शीर्ष जलविद्युत् कम्पनीहरू :
साहास ऊर्जा : रु. १८०.५८
माउन्टेन इनर्जी नेपाल : रु. १९४.५८
राधी विद्युत् कम्पनी : रु. १२०.७१