२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज पनि सुनचाँदी दुवैको मूल्यमा भारी वृद्धि

images

  • २०८३ भदौ ५, शुक्रबार
  • 316
    SHARES
  • आज पनि सुनचाँदी दुवैको मूल्यमा भारी वृद्धि

    काठमाडौँ : नेपली बजारमा आज शुक्रबार पनि सुनचाँदी दुवैको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय ३० रुपैयाँले बढेको छ । २ दिनमा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ र चाँदी मूल्य प्रतितोला ३ सय ९० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको छ भने हिजो बिहीबार प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज  १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ५ सय २० रुपैयाँ भएको छ।

    यस्तै, सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बिहीबार प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ५ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ