कात्तिक २३, काठमाडौं : आज बिहीबार सुनको भाउ १००० रुपैयाँ घटेको छ। आज छापावाल सुनको मूल्य तोलामा १००० रुपैयाँले घटेर १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार १ लाख १४ हजार ७ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो।
यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १ सय ५० रुपैयाँ तोकिएको थियो।
यता चाँदीको भाउ भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।



