२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images

  • २०८३ भदौ ८, सोमबार
  • 286
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलरको बिक्रीदर १ सय ५३ रुपैयाँ ४२ पैसा पुगेको छ भने खरिददर भने १ सय ५२ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।

    यस्तै, सबैभन्दा उच्च दरमा कारोबार हुने मुद्रामध्ये कुवेती दिनारको बिक्रीदर ५ सय रुपैयाँ १५ पैसा पुगेको छ। यसको खरिददर भने ४ सय ९८ रुपैयाँ १९ पैसा रहेको छ। बहराइन दिनारको बिक्रीदर ४ सय ६ रुपैयाँ ९५ पैसा र ओमनी रियालको बिक्रीदर ३ सय ९८ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।

    यसगरी, क्यानेडियन डलरको खरिददर १ सय ११ रुपैयाँ ०१ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ४४ पैसा तथा सिङ्गापुर डलरको खरिददर १ सय २० रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ८४ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

    मध्यपूर्वी मुद्रामध्ये साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा रहेको छ। युएई दिरामको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ।

    युरोपियन युरोको खरिद दर १ सय ७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २ सय ८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २ सय ९ रुपैयाँ २३ पैसा रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १ सय ९० रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ९१ रुपैयाँ ५४ पैसा कायम हुँदा अष्ट्रेलियन डलर १ सय ९ रुपैयाँ ६६ पैसा खरिद र १ सय १० रुपैयाँ ०९ पैसा बिक्रीदरमा कारोबार हुने गरी दर तोकिएको छ।

    मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा तथा दक्षिण कोरियन वन १ सयको खरिददर ११ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११ रुपैयाँ ०७ पैसा रहेको छ। भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

    राष्ट्र बैंकका अनुसार निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने जनाइएको छ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

    exc8-24.png
    Nepal Rastra Bank
     
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ