२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साल्ट ट्रेडिङ कर्पोरेशन चिनीको ‘कोटा’ बढायो

images

  • २०८० कात्तिक २३, बिहीबार
  • 621
    SHARES
  • साल्ट ट्रेडिङ कर्पोरेशन चिनीको ‘कोटा’ बढायो

    कात्तिक २३, काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ।कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्‍याएको हो। 

    प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ। कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म ४५० भन्दाबढी खुद्रा पसलले ५ हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेशनबाट लगिसकेका छन्। उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पोरेशनबाट चिनी लिन सक्छन्।” उहाँका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एकसय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको हो।  

    कर्पाेरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु ९७ मा प्रतिव्यक्ति २ केजीका दरले बिक्री गर्दै आएको छ। सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पोरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो। 

    दसैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ। तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आमउपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आउने गर्दछन्। 

    सरकारले कर्पोरेशनलाई भारतसँग जिटुजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो। तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ। कर्पोरेशनले चिनी बिक्री वितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको व्यवस्थापक झाले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ