२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१९.१३ अंकले घट्याे नेप्से, ३ अर्ब ३२ करोडको कारोबार

images

  • २०८३ भदौ ८, सोमबार
  • 296
    SHARES
  • १९.१३ अंकले घट्याे नेप्से, ३ अर्ब ३२ करोडको कारोबार

    काठमाडौँ : आज सोमबार नेप्से परिसूचक १९.१३ अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १९.१३ अंकको घटेर २ हजार ५ सय ९९ दशमलव ५८ विन्दुमा पुगेको हो । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आज १३ वटै उपसमूहको परिसूचक घटेका छ भने ४७  कम्पनीको शेयर मूल्य बढेको छ र २ सय २९  कम्पनीको शेयर मूल्य घटेको छ। 

    यस्तै, गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेमा आज ३ सय ५० कम्पनीको ५३ हजार १ सय ५३ पटकको खरिदबिक्रीमा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँबराबरको ८५ लाख ७२ हजार कित्ता शेयर कारोबार भएको छ।

    यसगरी,  आज सर्वोत्तम पेन्ट्सको शेयर निरन्तर आठौँ कारोबार दिन सकारात्मक सर्किट लागेको छ जुन १ सय १९ रुपैयाँ ६० पैसा बढेर ९ सय १७ रुपयाँ २० पैसामा कारोबार भएको छ र धौलागिरी लघुवित्त वित्तीयको शेयर मूल्य करिब १२ प्रतिशत बढेको छ भने  पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशत घटेको छ।

    यस्तै, आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थान १२ करोड ७२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने सोलु हाइड्रोपावरको करिब १२ करोड तथा साहस उर्जाको कारोबार रकम साढे १० करोड रुपैयाँ कारोबार भएको छ।

    nepse24.JPG
    NEPSE

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ