काठमाडौँ : कामना सेवा विकास बैंकद्वारा २० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आउँदो भदौ ३१ गते काठमाडौँको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान ९ बजे सभा आह्वान गरेको छ।
बैंकले अग्राधिकार सेयरधनीहरुलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो । साधारण शेयरपुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८ सय १४.९४ रुपैयाँ को १५ प्रतिशत का दरले हुन आउने ५७ करोड ९२ लाख ८९ हजार ६ सय २२.२४ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
यस्तै, अग्राधिकार शेयरपुँजी ३५ करोड रुपैयाँ)बाँडफाँट भएको मितिदेखि गत असार मसान्तसम्मको आनुपातिक आधारमा ९ प्रतिशत का दरले हुन आउने १ करोड ४० लाख ६७ हजार १ सय २३.२९ रुपैयाँ दिने निर्णय गरिएको बैंकले जनाएको छ। बैंकको हालको कुल चुक्तापुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८ सय १४.९४ रुपैयाँ रहेको छ भने गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२।८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने, बाह्य लेखापरीक्षक नियुक्ति गर्नेलगायतका अन्य प्रस्तावहरु अनुमोदन गर्नेछ।
गत वर्ष बोनस शेयर तथा नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको बैंकले लाभांश र बार्षिक साधारणसभा प्रयोजनार्थ २०८३ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, २०८३ भदौ १७ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।