काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा कुल १३ करोड २१ लाख रुपैयाँदाबी भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार उक्त अवधिमा कुल १ हजार ५ सय ८० वटा दाबीहरूको सफलतापूर्वक भुक्तानी गरिएको हो।
बीमितहरूलाई सहज र द्रुत गतिमा सेवा प्रदान गर्ने नीति अनुरूप कम्पनीले विभिन्न समयमा परेका दाबीहरूको मूल्याङ्कन गरी सो रकम भुक्तानी गरेको जनाएको छ। जीवन बीमा क्षेत्रमा बीमितको विश्वास कायम राख्दै सुरक्षित भविष्यको प्रत्याभूति दिलाउन कम्पनी निरन्तर क्रियाशील रहेको कम्पनीको भनाइ छ।
कम्पनीले आफ्ना ग्राहकहरूलाई थप सहजताका लागि टोल फ्री नम्बर (१८१० ५०० ००१८) तथा शाखा सञ्जालहरूमार्फत निरन्तर सेवा प्रवाह गर्दै आइरहेको छ।




