काठमाडौँ: सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। यसअनुसार कम्पनीले ३४ करोड ७२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि आवश्यक नगद रकम वितरण गर्नेछ।
विद्युत् नियमन आयोगबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश सेयरधनीहरूले प्राप्त गर्नेछन्।
साधारण सभा र बुकक्लोज सम्बन्धी जानकारी:
-
साधारण सभा मिति: २०८३ असोज १ गते, बिहीबार
-
समय : बिहान ११ बजेदेखि
-
सभा हुने स्थान : होटल इम्पेरियल, काठमाडौँ
-
बुकक्लोज मिति : २०८३ भदौ २२ गते



