२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पश्चिमी नाकाबाट नेपाल भित्रिने पर्यटक निरन्तर वृद्धि

images

  • २०८३ भदौ १०, बुधबार
  • 321
    SHARES
  • पश्चिमी नाकाबाट नेपाल भित्रिने पर्यटक निरन्तर वृद्धि

    काठमाडौँ : कञ्चनपुरस्थित पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको सङ्ख्या वर्षैपिच्छे बढ्दै गएको छ। अध्यागमन कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा यो नाका भएर भित्रिने विदेशी पर्यटकको क्रम उकालो लागिरहेको छ।

    तथ्याङ्क अनुसार सन् २०२२ मा ५ सय ४२ जना पर्यटक गड्डाचौकी नाका हुँदै भित्रिएकामा सन् २०२३ मा यो सङ्ख्या बढेर ९ सय ८३ र सन् २०२४ मा १ हजार १ सय  ५४ पुगेको छ। त्यस्तै, गत आर्थिक वर्षमा १ हजार ७ सय ५३ जना विदेशी पर्यटक यस नाकाबाट भित्रिँदा रु १ करोड ५ लाख १८ हजारभन्दा बढी राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी नवराज भट्टले जानकारी दिएका छन्। सोही अवधिमा १ हजार ५ सय  ३४ जना पर्यटक बाहिरिएका छन्।

    पश्चिमी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या बढे पनि सुदूरपश्चिम प्रदेशले त्यसको सोझो पर्यटकीय लाभ लिन सकेको छैन। खप्तड, बडिमालिका, रामारोशन तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जजस्ता प्रचुर सम्भावना बोकेका गन्तव्यहरू हुँदाहुँदै पनि पूर्वाधार र प्रचारप्रसारको कमीका कारण अधिकांश पर्यटक काठमाडौँ र पोखरातर्फ सोझिने गरेका छन्।

    पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टका अनुसार नाका नजिकै भारतका प्रमुख शहरहरू रहेकाले सीमामै ‘पर्यटन सूचना डेस्क’ स्थापना गरी पर्यटकलाई प्रदेशका गन्तव्यबारे जानकारी दिनुपर्ने आवश्यकता छ। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले पनि सुदूरपश्चिमका आकर्षक पर्यटकीय क्षेत्रसम्म पुग्ने सहज यातायात र बसाइको पूर्वाधार विकास गरी पर्यटकलाई कम्तीमा एक रात भए पनि अड्याउने वातावरण बनाउन सरकार र निजी क्षेत्र मिल्नुपर्ने बताएका छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ