२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भोटेकोशीमा आकस्मिक बाढी : नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

images

  • २०८३ भदौ १०, बुधबार
  • 521
    SHARES
  • भोटेकोशीमा आकस्मिक बाढी : नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौँ :  बुधबार बिहान तिब्बत क्षेत्रबाट अचानक आएको ठूलो बाढीका कारण रसुवास्थित भोटेकोशी नदीको सतह ह्वात्तै बढेको छ। बिहान करिब ९:१५ बजेतिर चीनको तिब्बततर्फबाट ठूलो परिमाणमा धमिलो पानी र बहाव बढेको स्थानीय प्रशासनले जनाएको छ।

    रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीको खबर प्राप्त हुनासाथ प्रभावित क्षेत्रमा टोली खटाइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।

    भोटेकोशीमा आएको यस अस्वाभाविक बाढीका कारण तल्लो तटीय भूभागहरूमा जोखिम बढेको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन भएर बग्ने नदी किनारका बासिन्दाहरूलाई विशेष सावधानी र उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ