काठमाडौँ : नेपाली बजारमा आज बुधबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य आज १ सय रुपैयाँ तथा चाँदीको मूल्य ७५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँ कायम भएको छ भने हिजो मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँ कारोबार भइरहेको थियो। साथै, आज १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य भने ७५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको थियो।