२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त

images

  • २०८३ भदौ १०, बुधबार
  • 536
    SHARES
  • औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त

    काठमाडौँ : सरकारले औषधि व्यवस्था विभागको नयाँ महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत ११ औँ तहका अधिकृत भट्टराईलाई उक्त जिम्मेवारी सुम्पेकी हुन्।

    गैरकानुनी रूपमा औषधिको मूल्य बढाएको आरोपमा तत्कालीन महानिर्देशक नारायण ढकाल गत चैत २६ गते मन्त्रालयमा तानिएपछि विभाग प्रमुखविहीन बनेको थियो।

    ढकाल मन्त्रालय तानिएसँगै विभागको प्रशासनिक काम चुस्त राख्न सरकारले १० औँ तहकी अधिकृत शिवानी खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी सुम्पेको थियो। लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको विभागले भट्टराईको नियुक्तिसँगै ११ औँ तहको पूर्ण नेतृत्व पाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ