काठमाडौँ : अविरल वर्षापछि रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ४ सय ३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेहरूमा ३ सय ४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक रहेका छन्। लिङ्गका आधारमा सम्पर्कविहीन हुनेमा २ सय ३ जना पुरुष र २ सय जना महिला रहेका छन्।
पर्यटन बोर्डले दिएको विवरण अनुसार बेपत्ता हुने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय नागरिक रहेका छन्। हालसम्म प्राप्त तथ्याङ्क अनुसार सम्पर्कविहीन पर्यटकको अवस्था निम्न अनुसार छ:
१) भारत: १३३ जना
२) अमेरिका: ४७ जना
३) अस्ट्रेलिया: ३४ जना
४) बेलायत: ३३ जना
५) क्यानडा: २४ जना
५) मलेसिया: १९ जना
६) युक्रेन: ७ जना
७) अफ्रिका: ६ जना
८) सिंगापुर: ६ जना
९) न्यूजिल्यान्ड: ५ जना
१०) जापान: ५ जना
११) जर्मनी: ४ जना
१२) फ्रान्स: ३ जना
१३) स्पेन: २ जना
बाढी प्रभावित क्षेत्रमा उद्वार तथा खोजी कार्य जारी राखिएको र सम्पर्कविहीन भएकाहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको पर्यटन बोर्डले जनाएको छ।