२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

३ जिल्लामा ३२ पुल पूर्ण रूपमा ध्वस्त : कुन कुन सुरक्षित ?

images

  • २०८३ भदौ ११, बिहीबार
  • 316
    SHARES
  • ३ जिल्लामा ३२ पुल पूर्ण रूपमा ध्वस्त : कुन कुन सुरक्षित ?

    काठमाडौँ : रसुवामा आएको विनाशकारी बाढीका कारण देशका मुख्य सडक सञ्जाल जोड्ने भौतिक संरचनामा अपूरणीय क्षति पुगेको छ। सडक विभागले जारी गरेको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार बाढीको तीव्र बहावले विभिन्न जिल्लाका ३२ वटा पक्की तथा बेलिब्रिजहरू पूर्ण रूपमा बगाएको छ।

    विभागका अनुसार ३ वटा पुलमा आंशिक क्षति पुगेको छ भने उच्च जोखिमका बाबजुद ६ वटा पुलहरू जोगिन सफलिएका छन्। बाढीबाट विशेष गरी रसुवा, नुवाकोट र धादिङ जिल्लाका पूर्वाधारहरूमा सबैभन्दा बढी क्षति पुगेको छ।

    बाढीले पूर्ण रूपमा ध्वस्त पारेका मुख्य पुलहरूको विवरण यस प्रकार रहेको छ।  

    १. रसुवा जिल्ला (१३ पुल ध्वस्त) : उत्पत्तिस्थल मानिएको रसुवामा बाढीले सबैभन्दा ठूलो भौतिक क्षति पुर्‍याएको छ। यहाँका साना-ठूला गरी १३ वटा पुलहरू नदीले पूर्ण रूपमा बगाएको छ:

    - चीन जोड्ने मुख्य मितेरी पुल (रसुवागढी)

    - टिमुरे क्षेत्रका पुल १ र २

    - भोटेकोशी नदीमा रहेका चिलिमे र अन्य पुलहरू

    - चिलिमे खोला पुल

    - भोटेकोशी र स्याफ्रुबेँसी क्षेत्रका अस्थायी तथा स्थायी बेलिब्रिजहरू

    - स्याफ्रुबेँसी पुल

    - त्रिशूली र मैलुङ क्षेत्रका ५ वटा विभिन्न पुलहरू

    २. नुवाकोट जिल्ला (१४ पुल ध्वस्त) : नुवाकोट खण्डमा बेत्रावतीदेखि देवीघाट क्षेत्रसम्मका १४ वटा पुलहरू बगेका छन्:

    - बेत्रावतीका पुरानो र नयाँ दुवै पुल

    - तुप्चेस्थित त्रिशूली नदी पुल

    - त्रिशूली बजारका दुईवटा पुल (पुरानो र नयाँ)

    - सिमचौर पुल

    - देवीघाटस्थित जलश्रोत तथा सिँचाइ डिभिजन नजिकको पुल

    - देवीघाटस्थित मध्यपहाडी राजमार्गको पुल

    - ताँदी खोलाका दुईवटा पुलहरू

    - त्रिशूली नदीमा रहेका श्रीकाली, बुढसिंहघाट, रातमाटे र फोस्रेटारका पुलहरू

    ३. धादिङ जिल्ला (५ ध्वस्त, ३ क्षतिग्रस्त) : धादिङ खण्डमा ५ वटा पुल जगैदेखि भत्किएका छन् भने ३ वटा संरचनामा ठूलो क्षति पुगेको छ।

    ध्वस्त भएका पुलहरू : स्याल्टार सडक पुल, घाटबेँसी पुल, मलेखुस्थित फुर्के खोला पुल र कोल्पु खोलाका दुईवटा पुलहरू।

    क्षतिग्रस्त पुलहरू : मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुल।

    जोगिन सफल भएका संरचनाहरू

    बाढीको तीव्र रफ्तारका बाबजुद धादिङ र चितवन खण्डका केही प्रमुख पुलहरू भने जोगिन सफल भएका छन्। गल्छी नजिकै रहेको भिमढुङ्गा-लामिडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिनका पुलहरू बाढीको जोखिमबाट सुरक्षित रहेको सडक विभागले जनाएको छ।

    सडक र पुलहरू ध्वस्त हुँदा उत्तरी नाका तथा छिमेकी जिल्लाहरूसँगको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सडक विभागले बाटो पुनः सञ्चालन गर्न विकल्पहरूको अध्ययन सुरु गरिसकेको छ।

    1

    2

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ